भो छोरा नेपाल नआइज
`बुवा! सन्चै हुनुन्छ?´ आज छोराले करिव एक महिना पछि फोन गरेको थियो।
मैले हर्षका आँशुले आफ्नो गह भिजाउँदै,खोकी र दमलाई बलजफ्ती रोक्दै जवाफ फर्काएँ-`म ठिक छु बाबू,तिम्रो भन...´
`यता पन हामिरु सन्चै छम बाबा´ थोरै माया मिसाएर बोल्यो-`बाबा,स्काइपमा आउनुस न हजुरलाई साह्रै देख्न मन लायो..´
-`म बुढाले काँबाट स्काइप चलाउनु र बाबू! अस्ति सम्म त छोरी एतै थि र पो; अब त उ पनि परदेशी भैसकी..´
छोरो केही बोलेन। सायद मेरो र जन्मभुमीको यादमा डुब्यो।देशको हविगत सम्झेर भावविह्वल भयो।

-`बाबु,बरु एकैचोटिलाई भएपनी नेपाल आउ छोरा,तिमिहरुलाई वरिपरि राखेर मर्न पाए स्वर्ग जाने बाटो पनि खुल्थ्यो कि?...´ साहस गरेर म बोलेँ।
-`नेपाल आउन त हुन्थ्यो तर यताको बिजनेस घाटामा जान्छ बुवा अनि फ़ेरि नेपाल आएर पनि कुनै काम गर्ने वातावरण पनि छैन..´छोरो बोल्यो।

मैले कुनै प्रतिउत्तर दिने प्रयास गरिनँ।मलाई थाहा थियो उसलाई जति भनेपनी मैले उसको मन पगाल्न सक्ने छैन।
एकाएक निर्दयी बनेर स्वाँSS...स्वाँSS.. श्वास बढ्न थाल्यो।हातगोडा लगलग काँपे।सारा धरतीले फन्का मारिरहेझैँ भयो।जमिनमा भुचालसम्बन्धी हलचल मच्चिरहेको भान भयो।चिलिमा गएको शक्तिशाली भुकम्पलाई समेत ट्क्कर दिने म्यागनिच्युडको भुकम्प मेरै खुट्टाले टेकेको जमिन मुनि गैरहेको अनुभव भयो।जमिन भासिदैँ गएझैँ लाग्न थाल्यो।
मेरा हातले अनयासै टाउकाको वरिपरि समाइहाले। म अडिन नसकेर थ्याच्च भुँईमा पछारिएँ।मोबाइल फोन यतिबेला कहाँ पुग्यो कुनै पत्तो पाइनँ।

टाउको भित्र अनेकन उतारचढाव हुन थाले। विगतका दिनहरु क्यामेराको रिलझैँ चित्रपट बनेर
आँखा अगाडि नाच्न थाले।मानौँ टाउको प्रोजेक्टर हो जस्ले आँखाको पर्दासम्म ती चित्रपट सम्प्रेषण गरिरहेको छ अनि सिनेमास्कोप भने मस्तिष्कको सानो एउटा त्यान्द्रोले गर्दै थियो।टाउकोमा झनझन दवाब पर्न थाल्यो।अब चित्रपट पनि स्पष्टसंग देखिन छोड्यो,एकैपटकमा धेरै चित्रका शृङ्खलाहरु गुज्जमुज्ज परेर आउन र हराउन थाले।भैरव अर्यालले भनेजस्तै मेरो टाउको पनि यतिबेला अरिंगालको गोलो भैसकेको थियो।

पानी पिउन सक्ने अवस्था सम्म रहेन। न त कोहि पानी पिलाइदिने मान्छे साथमा थियो।आफ्नो यो अवस्था देखेर आफैप्रती दया जागेर आयो यद्यपि म केही गर्न भने सकिनँ।धेतै वेर पछि अलि विशेक जस्तो आभाष भयो।
ती दिनहरु जब- म,मेरो छोरा,छोरी,अनि मेरो प्राणभन्दा प्यारी जिवनसंगिनी संगै मिलेर खुशिखुशी बस्थ्यौँ,अब ती एकादेशको कथा भैसकेका,कुनै चलचित्रको घटनाझैँ भैसकेका थिए।
मेरि जीवनसंगिनीको मृत्यु पश्चात् यो दोश्रो पटक थियो म यसरी भावुक बनेको,पहिलो चोटि उस्को मृत्युमा स्तब्ध भएको थिएँ।
मृत्युपश्चातको कुनै अर्को एउटा संसार छ भने उस्ले यो मेरो दुरावस्था टुलुटुलु हेरेर बस्न सकेकी थिइन होलि,असह्य पीडाले उस्को मन क्षतविक्षत भैरहेको थियो होला तर अब उ म भएको ठाउँमा पुगेर मलाई सान्त्वना दिनु शशसृङ्ग नै भैसकेको थियो।
जसोतसो उठेर एक गिलास चिसो पानी पिएँ।शितल हावा लिन रेडियो बोकेर बाहिर निस्केँ।पिढिँमा पलेटि कसेर बसेँ।
मेरो शल्य,वर्ण र विचेष्टन मन अलिक शन्त भएको आभास भयो।पार्श्वमा रेडियोमा समाचार बजिरहेको थियो-`आज अन्तराष्ट्रीय युवा दिवश;यस अवसरमा राष्ट्रपति र युवा तथा खेलकुद मन्त्रीले नेपालका युवाहरुलाइ स्वदेशमै रोजगारिको व्यवस्था गर्ने,विदेश पलाएन रोक्ने,देशमा उपलब्ध साधन र स्रोतको उचित उपयोग गरि विदेशमा रहेका युवाहरुलाई नेपाल फर्काएर नेपालमै।केही गर्न सक्ने वातावरण सिर्जना गरेर समग्र देश विकासमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भएको छ...।´मनमा आशाका त्यान्द्राहरु सल्बलाउन थाले-`मेरो छोरो पनि फर्केर आउँछ कि..!

नेताहरुले विगतमा गरेका प्रतिबद्धताहरु सम्झेँ,एकाएक यो प्रतिबद्धता फिका फिका भएर आयो भनौँ उक्त प्रतिबद्धताले धेरै समयसम्म सकारात्मक छाप छोड्न सकेन।मनमा पलाएका हर्षका पालुवा,आशाका त्यान्द्राहरु जादुमय रुपले एकाएक विलिन भए,हावासंगै उडेर टाढा,धेरै टाढा पुगे उप्रान्त कहिल्यै नफर्किने गरि...।
° ° °
नेपालका नेताहरु विदेश भ्रमण त जान्थे तर उनिहरु न त जंगबहादुरले साथमा लिएजस्तै
चित्रकार लान्थे न त फोटोग्राफर नै लान्थे।लान्थे त केवल आफ्ना परिवारका सदस्य,आसेपासे चम्चाहरु,हुनसक्छ यिनिहरु बिचमा कोहि राम्रो फोटो खिच्न सक्थ्यो यधपी त्यो मानिसले उक्त देशको विकास,प्रगती भन्दा बढी नेताकै फोटो खिच्थ्यो।कहिलेकाहिँ नेताहरुले विदेशी राष्ट्रका भवन,सडकको दृष्यावलोकन गर्थे र मनमा चित्र राखेर आउँथे।नेपालमा पनित त्यस्तै विकास गर्ने आश्वासन बाँड्थे।जनता मख्ख।विकासका कार्यहरु पनि गर्थे तर सँधै असारे विकास।नेपालको विकासका लागि निर्माण गरिएका सडक र भवनलाई राजा इन्द्रले पनि औधी रुचाउँछ्न क्यार पानी बनेर भेट्न आइरहन्छ्न बेला बेला मा भेट्न अझै जलदेवता त झन छोडेर बाहिर जानै मान्दैनन!
देवताहरुले यतिसम्म प्यार गर्छन कि सडकभन्दा बाहिर जलदेवता जान मान्दैनन अनि भवनको छानाबाट छेकिएर बाहिर बलेन्द्रीमा खस्न पनि मान्दैनन।
सायद गुणकामदेव अहिले जिवितै हुन्थे भने हिले जात्रा रोपाइँ गर्दा खेतमा हैन सडकमा मनाउने चलन चलाउँथे।हो अचेल नेपालमा हिले जात्राको प्रचलन कम हुँदैछ।मान्छेहरु हिलो खेल्न छोड्दैछ्न तर के भो र? हाम्रो देशका सवारी साधनहरुले त सडकमा दिनहुँजसो हिले जात्रा मनाएकै छन नि!हामी खुशी हुनुपर्ने-`हाम्रो पुर्ख्यौली संस्कृतिको जगेर्ना जो गरिरहेका छ्न्।
° ° °
मोबाइल भित्रकतै कुनामा टुङ्ग बज्यो।छोराको मेसेज रहेछ-`बुवा,म एक/दुई हप्तामै नेपाल आउँदैछु,म आएपछि औषधि उपचार गरौंला अनि सधैभरी हजुरकै साथमा नेपालमै बसौंला..´
हाम्रो देशमा उपलब्ध स्रोत र साधनको अर्थपूर्ण परिचालन सम्झेँ,जुन सरकारले वितरण गरेको थियो तर युवा पाएका थिएनन,लाग्थ्यो अदृश्य स्रोत र साधन छ्न् नेपालमा।फेसबुक र टुइटरले रोजगार प्रदान गरिदिएका युवाहरु सम्झेँ।हत्या,चोरि,डकैती,बलात्कार गर्ने जमातका युवाहरु सम्झेँ।लागुपदार्थ दुर्व्यसनको लतमा लागेका युवाहरु सम्झेँ।नेपालमै केही गर्ने सोचले लोकसेवाको फर्म भर्न लाइन लागेका युवाहरुलाई पनि सम्झेँ।
आफ्नो छोरो टाढा बसोस भन्ने चाहाना नहुँदा नहुँदै पनि मैले छोराको उज्ज्वल भविष्य परदेशमै देखेँ।मेसेज फर्वार्ड गरिदिएँ
-`भो!छोरा नेपाल नआइज...!

लेखक:
निरज दाहाल
बागचौर नगरपालिका-१,सल्यान
टुइटरमा:@dahal_sarkar
बागचौर नगरपालिका-१,सल्यान
टुइटरमा:@dahal_sarkar
#photo_Credit:Hamro Patro
0 Comments