(अ)यथार्थ

कुनै बगरमा असरल्ल पल्टिएको
एउटा सीमान्तकृत, उपेक्षित र बहिष्कृत ढुङ्गो; 
हेर्दैछ- पानी भित्रको अर्को एक ढुंगालाई 
जो खेलिरहेछ नदीको कोमल शरीरसङ्ग 
जसले मेटाइरहेछ आफ्नो प्यास 
आफू खिइएरै भएपनि...!

एकदिन आएर कोही 
लियो टिपेर बगरको ढुङ्गो 
बडो मिहिनेतले - बदलिदियो आवरण,
मेटिदियो- सीमान्तकृतको धब्बा
च्यातिदियो- नामसित जोडिएको थर
पखालिदियो- बहिष्करणको धूलो
र राखिदियो- लिएर मन्दिरमा ।

आज मान्छेहरू उसलाई फूल चढाउँछन्, अक्षेता लाइदिन्छन्, ढोगेर जान्छन् .....

आखिर भगवान बन्नु भनेको पनि जात बद्ल्नु त रहेछ !


0 Comments