आईपीएलबाट फिर्ता हुने केकेआरको धम्की !!



१७ चैत, डिफेन्डिङ च्याम्पियन कोलकत्ता नाइट राइडर्स केकेआरले आईपीएल आठबाट आफ्नो नाम फिर्ता लिने धम्की दिएको छ । टिमको तुरुपको एक्का मानिने अफ स्पिनर सुनिल नारायनको बलिङ एक्सन पुनः परीक्षण गर्नु पर्ने बीसीसीआईको अभिव्यक्ति पछि केकेआरले आईपीएल नै नखेल्ने धम्की दिएको हो । आईपीएल ७ का दौरान अवैध बलिङ एक्सनका कारण नारायन प्रतिबन्धमा परेका थिए । उनले आफ्नो बलिङ एक्सन सुधारेपछि आईसीसीले पुनः खेल्न अनुमति दिइसकेको छ । तर बीसीसीआईले भने आईपीएल ८ अघि पुनः एक पटक नारायनको बलिङ एक्सन जाँच गर्ने बताएपछि केकेआर व्यवस्थापन असन्तुष्ट भएको हो । बीसीसीआई अध्यक्ष जगमोहन डालमियाले बिनाकार नारायनलाई निसाना
बनाउन खोजेको केकेआरको आरोप छ ।



 


0 Comments