कस्ता छन त आज देखी २०१५ आईपीएल खेल्ने टिम !!


आइपिएलका रमाइलो पक्ष !!

चैत्र २५आठौँ इन्डियन प्रिमियर लिग (आइपिएल) को औपचारिक उद्घाटन मंगलबार सांस्कृतिक कार्यक्रमबीच भएको छ । प्रतियोगिताको सुरुवात बुधबारदेखि हुनेछ । साबिक विजेता कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सको खेलसँगै सन् २०१५ को आइपिएल विधिवत् रूपमा सुरु हुनेछ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को सम्पूर्ण रेखदेखमा सन् २००८ देखि आइपिएलको थालनी भयो । प्रतियोगितामा आठ संस्करणसम्म आइपुग्दा बिसिसिआईले धेरै उतारचढावको सामना गरेको छ ।छैटौँ संस्करणको आइपिएल सर्वाधिक विवादास्पद बन्यो । बिसिसिआईका तत्कालीन अध्यक्ष एन श्रीनिवासनको स्वामित्वमा रहेको चेन्नई सुपर किंग्सका स्टार खेलाडीले म्याच फिक्सिङ गरेका थिए । भारतका उदीयमान बलर श्रीशान्तले आफ्नो करिअर नै समाप्त पारे । सरकारको कठोर नीतिका कारण आइपिएलको पहिलो संस्करणयता पाकिस्तानी क्रिकेटरले स्थान पाएका छैनन् । भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डिया दैनिकले आइपिएलका केही रोचक पक्षलाई यसरी विश्लेषण गरेको छ ।


सर्वाधिक सफल टिम
भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सर्वाधिक सफल टिम हो । अहिलेसम्म चेन्नई समूह चरणबाट बाहिरिएकै छैन । चेन्नईले पाँच फाइनलमध्ये दुई आफ्नो पक्षमा राखेको छ । चेन्नई लगातार चार फाइनल खेल्ने एक्लो टोली हो । चेन्नईले अहिलेसम्म सर्वाधिक ८४ खेल जितेको छ । गत संस्करणको सेमिफाइनल छनोटका लागि चेन्नईले आइपिएलकै ठूलो लक्ष्य पछ्याएको थियो । चेन्नईपछि अर्को सफल टोली कोलकाता हो । बलिउड स्टार शाहरुख खानको स्वामित्वमा रहेको कोलकाताले अहिलेसम्म दुई फाइनल खेलेको छ । कोलकाता दुवैमा विजेता पनि बनेको छ । चार संस्करणमा कोलकाता समूह चरणभन्दा माथि उठेन ।
आंशिक सफलता
किंग्स पन्जाब११ पहिलो संस्करणको सेमिफाइनलमा पुगेको टोली हो । त्यसपछि लगातार चार संस्करणमा समूह चरणबाटै बाहिरियो । पन्जाबले अहिलेसम्म आइपिएलको उपाधि चुमेको छैन । दिल्ली डेयर डेभिल्सलाई आइपिएलकै सर्वाधिक कमजोर टोलीका रूपमा टाइम्स अफ इन्डियाले उल्लेख गरेकोछ । दिल्लीले ५९ खेल गुमाएको छ । सो टोलीले ४४ खेलमा जितेको छ । रोयल च्यालेन्ज बेंग्लोर पनि असफल टोलीका रूपमा रहेको छ । बेंग्लोर र दिल्ली एकपटक मात्र आइपिएलको सेमिफाइनलमा पुगेका छन् ।
हारको कीर्तिमान
आइपिएलमा पुणे वारियर्सले आफ्नो नाममा अनौठो इतिहास लेखाएको छ । २०१२ र २०१३ को सत्रमा पुणेले लगातार ११ खेलमा हारको सामना गरेको थियो । त्यसपछि दिल्लीको कमजोर इतिहास देखिन्छ । गत आइपिएलमा दिल्लीले लगातार नौ खेल गुमाएको थियो ।
कोलकाता नकआउटमा बलियो
विदेशी र स्वदेशी स्टार खेलाडीले भरिएको कोलकाताको समूह चरणमा त्यति राम्रो प्रदर्शन हुँदैन । नकआउट चरणमा कोलकाताको प्रदर्शन उत्कृष्ट हुन्छ । कोलकाताले नकआउट चरणमा ८० प्रतिशत खेल आफ्नो पक्षमा राख्ने गर्छ । यस पक्षमा कोलकाताले चेन्नईलाई समेत पाखा लगाएको छ । नकआउट चरणमा चेन्नईको जित प्रतिशत ६४ मात्र रहेको छ ।
नयाँ खेलाडीलाई अवसर
आइपिएलले विदेशी र नयाँ स्वदेशी खेलाडीको मिश्रणमा प्रतिस्पर्धा गराउनुपर्ने नियम बनाएको छ । यसकारण आइपिएलको प्रत्येक संस्करणमा भारतीय तथा विदेशी खेलाडीले समान अवसर पाउने गरेका छन् । मुम्बईनाइट राइडर्सकिंग्स पन्जाब तथा चेन्नईले प्रत्येक सिजनमा नयाँ खेलाडीलाई अवसर दिएका छन् । प्रत्येक संस्करणमा ती क्लबले नयाँ नौ खेलाडीलाई आइपिएलमा डेब्यु गराएका छन् । सातौँ संस्करणसम्म चेन्नईले ५७ नयाँ खेलाडीलाई अवसर दिएको छ । यस सिजनमा दिल्लीले १४ नयाँ खेलाडीलाई डेब्यु गराउने लक्ष्य राखेको छ ।


चेन्नाई सुपर किङ्स

कप्तान  महेन्द्रसिंह धोनी
प्रशिक्षक  स्टेफन फ्लेमिङ 
प्रमुख खेलाडी ब्रेन्डन म्याकलम
चेन्नाईले फेरि एकपल्ट माइकल हस्सीलाई अनुबन्ध गरेको छ । यसअघि उनी छ सिजन चेन्नाईमा रहेर गत वर्ष मुम्बई गएका थिए । तर अहिले सबैको आँखा ब्रेन्डन म्याकलममा हुनेछ । विश्वकपमा आक्रामक ब्याटिङका कारण यसपल्ट उनले कस्तो खेल्ने हुन्सबैको चासो हुनेछ । चेन्नाईसँग यति मात्र होइनसुरेश रैनाडायन स्मिथ र डायन ब्राभो पनि छन । 

रोयल च्यालेन्जर बैंग्लोर

कप्तान विराट कोहली
प्रशिक्षक ड्यानिएल भिटोरी
प्रमुख खेलाडी एबी डे'भिल्लियर्स
बैंग्लोर टिमविरुद्ध बलिङ गर्नु भनेको बलरका लागि नमिठो सपना देख्नु जस्तै हुनेछकिनभने टिममा छन्क्रिस गेलएबी डे'भिल्लियर्सदेखि कप्तान विराट कोहली आपै । त्यसमाथि टिममा दिनेश कार्तिक पनि छन् । ठूला नाम भएपछि बैंग्लोरले पछिल्ला केही सिजन राम्रो गर्न सकेको छैन । यसको कारण टिमको बलिङ हुन सक्छ । त्यसैले टिमले भित्र्याएका छन्,विश्वकपका सनसनी मिचेल स्टार्क । 

मुम्बई इन्डियन्स

कप्तान रोहित शर्मा
प्रशिक्षक रिकी पोन्टिङ
प्रमुख खेलाडी कोरी एन्डरस
थोरै टिमले मात्र यस्तो सफलता पाउन सक्छजस्तो मुम्बईले पाएको छ । उसले आईपीएल मात्र जितेको छैनच्याम्पियन्स लिग पनि जितेको छ । कप्तान रोहित शर्माले टिमका दुई खेलाडीबाट बढी आस राख्नुपर्ने हुन्छकिरोन पोलार्ड र अनुभवी हरभजन सिंह । दुवै खेलाडीले विश्वकप घरमा हेरेका थिए । लसिथ मालिङ्गाले यसपल्ट कस्तो बलिङ गर्नेछन्त्यसमा पनि धेरै सम्भावना टिक्ने छ ।

कोलकाता नाइटराइडर्स

कप्तान गौतम गम्भीर
प्रशिक्षक टेभर बेयलिस 
प्रमुख खेलाडी सुनील नारिन
डिफेन्डिङ च्याम्पियनका रूपमा मैदानमा ओर्लिन कोलकाताले यसपल्ट प्रतियोगिता सुरु हुन ठीक अगाडि राम्रो समाचार सुन्न पाएको छसुनील नारिनको पुनरागमन । शंकास्पद बलिङ शैलीबाट उनले छुटकारा पाएका छन् र उनी नै हुनेछन्टिमका प्रमुख खेलाडी । कप्तान गौतम गम्भीर र रोबिन उथप्पाले टिमको इनिङ्स सुरु गर्नेछन् । टिममा पूर्व पाकिस्तानी खेलाडी अजर मेहमुद पनि छन् । उनी अहिले बि्रटिस पासपोर्ट बोक्छन् । 

दिल्ली डेरडेभिल्स

कप्तान जेपी डुमेनी 
प्रशिक्षक ग्यारी क्रिस्टन
प्रमुख खेलाडी युवराज सिंह
गत सिजन खराब प्रदर्शनबाट गुज्रेको दिल्लीका लागि यो सिजन आफूलाई फेरि सिद्ध गर्ने अवसर हुनेछ । जेपी डुमेनी नयाँ कप्तान बनेका छन् । तर सबैको ध्यान युवराज सिंहमा हुनेछ । उनले फेरि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछन् अथवा छैनन्त्यो तय छैन । तर उनको माग उत्तिकै छ । जाहिर खान त्यस्ता अर्का भेट्रान खेलाडी हुन्जसले कडा मिहिनेत गर्नुपर्नेछ । एन्जेलो म्याथ्युजको काँधमा पनि उत्तिकै जिम्मेवारी हुनेछ । 

किङ्स इलेभन पञ्जाव 

कप्तान जर्ज बेली 
प्रशिक्षक सञ्जन बान्गर
प्रमुख खेलाडी ग्लेन म्याक्सवेल
गत वर्षको उपविजेता पञ्जाब यसपल्ट पनि बलियो देखिन्छ । अरू ठूला टिमको तुलनामा यसले राम्रो खेलेको इतिहास छ,प्रतियोगितामा । कप्तान जर्ज बेली र प्रशिक्षक सञ्जन बान्गरबीच सही तालमेल देखिन्छ । उनीहरूलाई साथ दिन युवा खेलाडी छन्विशेषतः अक्षर पटेल । टिममा ग्लेन म्याक्सवेलसँगै वीरेन्द्र सहवाग र मिचेल जोन्सन पनि छन् । 

सनराइज हैदरावाद

कप्तान डेविड वार्नर
प्रशिक्षक टम मुडी
प्रमुख खेलाडी शिखर धवन 
हैदरावादले पनि डेविड वार्नरलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । यस्तै टिमसँग डेल स्टेयनसँगै शिखर धवनइशान्त शर्मा र भुवनेश्वर कुमार पनि छ । अहिलेसम्म हैदरावादले राम्रो गर्न सकेको छैन । अन्तिम समयमा आएर केभिन पिटरसनले पनि टिम छाड्ने निर्णय गरेपछि भने टिमलाई धक्का पुगेको छ । केन विलियमसन र टे्रन्ट बोल्टले निणर्ायक भूमिका खेल्नुपर्ने हुन्छ । 

राजस्थान रोयल्स 

कप्तान सेन वाट्सन
प्रशिक्षक प्याडी अप्टन
प्रमुख खेलाडी स्टिभ स्मिथ
राजस्थान लोकपि्रय टिममा पर्छजुन टिममा खासै ठूला स्टार छैन । सन् २००८ मा सेन वार्नको नेतृत्वमा राजस्थानले उपाधि जितेको थियो । यो टिम नयाँ खेलाडीलाई प्रयोग गर्नमा माहिर छ । विश्वकप विजयी अस्टे्रलियाली टिमका तीन प्रमुख खेलाडी सेन वाट्सनस्थिम स्मिथ र जेम्स फल्करनले टिमका लागि कडा मिहिनेत गर्नु पर्नेछ । 

0 Comments