ट्वान्टी–ट्वान्टी क्रिकेटमा सात हजार रन बनाउने पहिलो खेलाडी बने क्रिस गेल !!





ट्वान्टी–ट्वान्टी क्रिकेटमा सात हजार रन बनाउने पहिलो खेलाडी बने क्रिस गेल !!चैत २९ – क्यारेवियन क्रिकेटर क्रिस गेल ट्वान्टीट्वान्टी क्रिकेटमा सात हजार रन पुर्याउने पहिलो खेलाडी बनेका छन् । आइपिएल क्रिकेट अन्तर्गत शनिबार राति कोलकत्ता विरुद्ध भएको खेलमा ९६ रनको बिष्फोटक पारी खेलेका गेलले २५ रन बनाउदै ट्वान्टीट्वान्टी क्रिकेटमा सात हजार रन पुर्याएका हुन् । कोलकत्ता विरुद्ध ८ औं ओभरमा एक रन लिदै गेलले सात हजार रन पुरा गरेका थिए । कोलकत्ता विरुद्ध अर्धशतक पुरा गरेका गेल आइपिएल क्रिकेटमा सवैभन्दा बढि अर्धशतक बनाउने खेलाडीको सूचिमा चौथो स्थानमा समेत रहेका छन् । गेल भन्दा अघि कोलकत्ताका कप्तान गौतम गम्भिर २५ अर्धसतक सहित पहिलोचेन्याइका सुरेश रैना २४ अर्धसतक सहित दोश्रो र मुम्बइका कप्तान रोहित शर्मा २३ अर्धसतक सहित तेश्रो स्थानमा रहेका छन् । कोलकत्ता बिरुद्ध ९६ रनमा आउट भएका गेल आइपिएल क्रिकेटमा पहिलो पटक रन आउट  भएका हुन् ।

0 Comments