
स्थानीयवासी पनि मैदानका लागि जग्गा सहज रूपमा दिन तयार भएका छन् । गत माघमा क्षेत्रीय प्रशासकले सारेको पोखराका १४ वटा गौरवका योजनामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणलाई पनि प्राथमिकतामा राखिएको हो । 'दुई मैदान नभएकै कारण सम्भावना भएर पनि यहाँ क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन,' जिल्ला क्रिकेट संघका सचिव संजयकान्त सिग्देलले भने । रंगशालाभित्र रहेको एउटा मैदानमा राष्ट्रिय प्रतियोगिता गर्न महिनौं दिन लाग्ने उनले बताए ।, 'कमसेकम अकोर्े मैदान हुने हो भने छोटो अवधि र खर्च पनि कटौती गर्न सकिन्छ' उनले भने । उनका अनुसार वैकल्पिक मैदान भएका खण्डमा पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय 'भेन्यु' का रूपमा समेत विकास गर्न सकिन्छ । वैकल्पिक मैदान निर्माण भएपछिक्रिकेटको अन्तर्राष्ट्रिय गतिविधि बढाउन पनि सहज हुने खेलप्रेमीले बताएका छन् । अहिले जति पनि क्रिकेटका प्रतियोगिता काठमाडांै केन्दि्रत भएकाले पनि बाहिर पोखरा नै उपयुक्त देखिएको हो । 'रंगशालाभित्र भएको पनि त्यति व्यवस्थित छैन,वैकल्पिक भए काठमाडांैपछि अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा सजिलै गर्न सकिन्छ,' राष्ट्रिय क्रिकेट संघ (क्यान) कार्यवाहक अध्यक्ष दीपक कोइरालाले भने, 'दुई मैदान भए भने प्रशिक्षणका लागि पनि सजिलो हुनेछ ।' उनका अनुसार मैदान निर्माणका लागि क्यानले बजेटका लागि आवश्यक पहल गर्नेछ । पोखरा रंगशालाभित्र रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान २०५६ सालबाट निर्माण सुरु भई २०६८ बाट निर्माण पूरा भई प्रतियोगिता हुन थालेको हो ।
0 Comments