
बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा हुन लागेको श्रद्धाञ्जलि खेलमा तीनजना अस्ट्रेलियन क्रिकेटर खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अस्ट्रेलियाको प्रथम श्रेणी क्रिकेट खेल्ने खेलाडी रायन कार्टर्स, पूर्वयु-१९ राष्ट्रिय कप्तान टिम एन्डर्सन र पूर्वटेस्ट खेलाडी म्याथ्यु थोमस ग्रे एलियटले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेटमैदानमा हुने उक्त खेल खेल्नेछन्।

यीमध्ये रायनमात्र अहिले क्रिकेट खेलिरहेका छन्। ४३ वर्षीय एलियटले अस्ट्रेलियाका लागि २१ वटा टेस्ट र एउटा एकदिवसीय खेल खेलेका छन्। उनी बायाँहाते प्रारम्भिक ब्याट्सम्यान हुन्। सन् १९९८ को यु-१९ विश्वकपमा अस्ट्रेलियाको कप्तानी गरेका एन्डर्सन हाल आइसिसीको ग्लोबल डेभलपमेन्ट म्यानेजर छन्। २४ वर्षीय कार्टर अस्ट्रेलियाको प्रथम श्रेणी क्रिकेट प्रतियोगितामा न्यु साउथ वेल्सबाट खेल्ने गर्छन्। क्यानको पहलमा नेपालमा ह्युजको श्रद्धाञ्जलि खेल हुन लागेको हो। ३१.३ ओभरको पाली रहने खेलमा 'नीलो टिम' र 'रातो टिम' गरी दुईवटा टिम हुनेछन्।
टीम ब्लूमा
|
टीम रेडमा
|
विनोद दास, कप्तान
|
रायन कार्टर, कप्तान
|
पारस खड्का,
|
टीम एन्डरसन,
|
अनिल मण्डल,
|
म्याथु इलियन, अष्ट्रेलियन क्रिकेटर हुन् ।
|
विनोद भण्डारी,
|
शरद भेसवाकर,
|
शक्ति गौचन,
|
ज्ञानेन्द्र मल्ल,
|
प्रदिप ऐरी,
|
सुवास खकुरेल,
|
करण केसी,
|
बसन्त रेग्मी,
|
नरेश बुढायर,
|
पृथु बास्कोटा,
|
अभिनाश कर्ण,
|
सोमपाल कामी,
|
भुवन कार्की,
|
जितेन्द्र मुखिया,
|
महेश क्षेत्री,
|
राजेश पुलामी,
|
अमृत भट्टराई,
|
राजवीर सिंह,
|
राहुल विक र
|
प्रज्वल शाही र
|
रामनरेश गिरी छन् ।
|
सिद्धान्त लोहनी छन् ।
|
ह्युजले खेलेको आफ्नो अन्तिम टेस्टमा अविजित ६३ रन बनाएकाले उनको सम्झनामा हुन लागेको खेलको दुवै पाली गरी ६३ ओभर बनाइएको हो। यो खेल हेर्न अस्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष तथा आइसिसीका कार्यसमिति सदस्य वेल्ली एडवार्डस पनि आउने कार्यक्रम छ। ह्युजले खेल्दा प्रयोग गर्ने खेलसामग्री सगरमाथाको शिखरमा पुर्याउने कार्यक्रम पनि छ। 'ह्युजको सम्झनामा खेल खेल्नु र उनले प्रयोग गरेका खेल सामग्री विश्वको सर्वोच्च हिम शिखरमा पुर्याउनु उनीप्रति नेपालले गर्न सक्ने सबैभन्दा ठूलो सम्मान हो' बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भने।
0 Comments