म आफ्नो
पल्सर बाइकमा मन्द मन्द गतिले हुँइकिरहेको थिएँ। बिस्तारै
बिस्तारै पानीका फोराहरु पनि उही गतिले खसिरहेका थिए। बडा अचच्म लाग्दै थियो मलाई - "यो साल
चैत्रमै वर्षा सुरु हुन आँट्यो कि ?"
सायद यहि नै हो जलवायु परिवर्तन भनेको।
सडक वरपर
रोकेर राखेका थुप्रै बाइक,गाडी,कारहरू देखिन्थे र पेट्रोल पम्पको
लाइनमा अझै झन बढी।
विलकुल कतै हिंड्न आँटेका कमिलाको
ताँतिझैँ देखिन्थे।
`किन हो र ? यस्तो
लाईन लागेको ? देशमा तेलको संकट परेको छ र ?´मैले लाइनको एकजनालाई प्रश्न गरेँ।
`थाहा छैन र ? भारतले
नाकाबन्दी गरेको ।´ उस्ले छोटोमा जवाफ फर्कायो।
म उसैगरी अघि बढेँ ।
अलिक अगाडि
बढेपछी एकजना केटि करिब सत्र-अठार की हुँदी
हो । सीपीयूको ढ्याङ्रो बोकेर म भएतिर दौड्दै आर्इ
`...स्वाँ स्वाँ....
"दाजु
मलाई लिफ्ट दिनुस् न ! यहीँ पर सम्म करिब तीन किलोमिटर मात्रै
छ।´
मलार्इ
नचिनेको मान्छेलाई लिफ्ट दिन उति उचित लागेन।
`म २ कि.मि. मात्रै जाने हो।´उस्लाई
पन्छाउने हेतुले जवाफ फर्काएँ।
" अँ
यता वरपर कुनै कार्यालय त छैनन् । सात किलोमिटर हिंडेपछि बल्ल कार्यालय भेटिन्छन्
।" उसले मेरो पोशाक देखेर कार्यालय नै जान लागेको भनेर ठम्यार्इ सायद । यति
भनिसकेपश्चात लिफ्ट नदिर्इ करै लाग्यो। म
केही बोलिनँ । ऊ आफैं मेरो पछाडि आएर बसी ।तर, खै किन हो सीपीयू उसको र मेरो बीचमा
बार बनेर आएन भनौँ उसले बीचमा सीपीयू नराखेर कम्मरमा अड्याएर एक छेउतर्फ राखी। कहिलेकाहीँ
ब्रेकरमा उस्का वक्षले मेरो ढाड बिस्तारै सुमसुम्याउथे।मलाई उतिबेला स्वर्गकै
भ्रमण गरेझैं लाग्थ्यो।
अलि पर
पुगेपछि उस्को गन्तव्य आएछ क्यार ! उस्ले रोक्न भनेर चिच्याई। घ्याँच्च
ब्रेक लगाएँ । उस्का वक्षले अघि बन्दा बढी जोड्ले र झन बढी क्षेत्रफलले मेरो ढाडमा
लात्ती बजारे। कामुक लात्ती !
ऊ ओर्लन पाँउदा नपाँउदै एकजना तन्नेरी
नजिकै आएर मसङ्ग लिफ्ट माग्न थाल्यो । मलाई नकार्न मन लागेको थियो तर हेर्दै खाईलाग्दो
उसको शरीर देखेर देखेर हुन्न भन्ने हिम्मत जुटाउन सकिनँ । ऊ त्यो यात्रा अवधिभर
मसित केही बोलेन तर फोनमा बीच बीचमा खोइ के के हो कुन्नी गाँइगुँइ गरिरहेको थियो ।
मैले स्पष्ट ठम्याउन सकिनँ । सायद कुनै
कोड भाषा हुँदो हो ।
करिब दुर्इ किलोमिटर जति कुदेपछि उसले
पनि रोक्न लगाएर झर्यो । सरासर आफ्नो बाटो लाग्यो । धन्यवाद सम्म पनि भनेन वा भन्न भ्याएन ।
म थोरै
अघि बढेँ । फेरि पनि लिफ्ट माग्न एकजना अधबैंसे महिला आइन् । मैले नाइँनास्ती गर्न सकिनँ । आखिर सबैलाई ल्याएर आएकै छु यिनिलाई किन
नाइँ भनूँ ?
`बाइकको
अगाडि पट्टि "भाडामा" लेखेर स्टिकर टालेको भए आज गज्जबकै कमाई
हुँदोरैछ´ मैले मनमनै कुरा गरेँ र मन्द मुस्काएँ।
अगाडि
उसैगरी बढिरहेको थिएँ म । एकाएक ट्राफिक प्रहरी देखेँ । उसले रोक्ने इशारा गर्यो ।
मैले बाइक रोकेँ । मेरो मुहारमा कुनै पनि परिवर्तन आएन किनकि मलाई विश्वास थियो आफैंप्रति । मसङ्ग सबै कागजात छन भनेर ढुक्क थिएँ
म । ट्राफिकले मलार्इ अनुरोध गर्यो `लाइसेन्स,ब्लूबूक
देखाउनुस् ।´
म
मुस्कुराउँदै पर्स निकाल्न थालें तर अफसोंस पर्स हात लागेन । ला ! आजै पर्स घरमँ भुलेर आएछु् ! मेरो शिर
एकाएक निहुँरियो । म रातो,पिरो भएँ । बोल्न कुनै शब्द छन झैँ लागेन । मुहारबाट
एकाएक चिट्चिट पसिना बग्न थाले । टाउको रन्किएर अहिले नै फुट्लाझैँ भयो। आशाका
त्यान्द्राहरु हिउँदमा खेत फुटेझैँ पट्पट् फुटे । आफैंप्रतिको विश्वासको बर्लिनको
पर्खाल निमेषमै गर्ल्यामगुर्लुमै ढल्यो र छोप्यो अविश्वास,शंका र
भयको कालो बादलले आफ्नै शीरको आकाशलार्इ !
ट्राफिक
प्रहरी बोल्यो ` के हो कागजात छैन?´
म केही नबोली एकसयको नोट उसलाई थमाउन
प्रयत्न गर्दै थिएँ। उसले बुझेछ सायद, वरपर चारैतिर नजर डुलायो तत्क्षणात
मेरो हातबाट सयको नोट झ्याट्ट थुत्यो।
"भाइ, अचेल गाडी,बाइक कम
चल्छ्न" उस्ले शशंकित मुद्रामा आफ्नो टाउको केही माथि उठाएर बोल्यो ।
यसको सोझो अर्थ थियो-"एक सय
जाबोले पुग्दै । "
मैले अर्को सय थपिदिएँ त्यसपछि उसले
अघि बढ्न संकेत गर्यो । म हिंडेँ ।
करिब एक किलोमिटर जति मात्रै कुदेपछि
ती महिलाको पनि गन्तव्य आइपुगेछ उनी त्यहीँ ओर्लिइन् । जाँदाजाँदै धन्यवाद पनि
भनेकी थिइन् उनले । म अझै सम्झन्छु, किनभने त्यो दिनभर उनी बाहेक कसैको धन्यवादको
पात्र बनेको थिइनँ म।
मैले अब एक किलोमीटर कुद्न थियो अरू
कोही भेटेँ भने लिफ्ट दिन्थेँ भैरहेको
थियो । सायद लिफ्ट दिँदा दिँदा मलाई त्यो बानी परिसकेको हुँदो हो । बाइक खाली खाली
लाग्यो एकछिन ।
तर यसपटक कोही पनि भेटिएन एक किलोमीटर
सम्म एक्लै कुदेँ म ।
अफिस पुगेँ । शुक्रबार । आधा दिन । छिटोछिटो कामहरू सम्पन्न
। चाडैं नै फर्कनुपर्ने । म तीन बजेतिर
निस्किएँ ।
सडकमा
लावालस्कर लागेर स्कुले विद्यार्थीहरू लम्कदै थिए । "अचेल स्कूल पनि तीन
बजेसम्म खुल्छन् ? " आफैंसित प्रश्न गरेँ । " हैन हैन , ट्यूशन पढ्नेहरू
होलान् । " आफैं उत्तर पनि दिएँ-आफूलार्इ नै !
उति
गाडिहरू नचल्ने हुनाले सडक शून्य प्राय: देखिन्थ्यो । केटाकेटीहरु कहिले वारी
कहिले पारी सडकमा दौड्दै अघि बढिरहेका थिए । उताबाट एउटा रिक्सा आयो । मेरा सासू
ससुरा चढेका रहेछ्न् । मैले झलक्क देखेँ । मलाई क्वाप्पै खालान् झैँ गरेर घुरेर
हेरे । मैले नमस्कार सम्म गरिनँ । बाइक चलाउनेहरूले नमस्कार गर्न हात उठाइ रहनु
पर्दैन । मुखैले गरे पुग्छ । नसके हर्न ठेल्दिए पनि पुग्छ- टिट् ! मान्छेहरूले
नमस्कार गरेको बुझिहाल्छन् । यो सहुलियत प्राप्त गर्छन्- बाइक
चालकहरूले ।
अलिक पर
पुगेपछि एकजना प्रहरीले उसैगरी घुरेरै हेरे। मलाई आफ्नो लवाइमा कुनै त्रुटि छ झैँ लाग्यो।
मैले सरसरती खुट्टा देखि टाउको सम्म आफ्नो आँखाले हेर्न भ्याउने सबै ठाउँ नियालेँ
तर अँह कुनै पनि गल्ती फेला पार्न सकिनँ ।
म सरासर घरतिर लागेँ । घरमा पुग्दा
बुढी रिसाएर आगो भैसकेकी थिर्इ, तर उ किन रिसाएकी थिर्इ मलाई कुनै जानकारी थिएन ।
विलकुल अनभिज्ञ ।
एकछिनमा ऊ आफैँ बोली -"विहान
कस्लाई बाइक पछाडि राखेका थियौ ? को हो त्यो ? अर्की
बुढी पनि रैछे। छोर्छोरी पन् होलान । खुरुक्क भन्छौ कि माइत हिड्दिम म ?´ ऊ
बर्बराउन थाली -हे भगबान् ! कुन दिन
यो असत्तिसङ्ग बिहे गरिछु । लौ न भगमान् पार लाइदेऊ। यस्तो था पाको भैद्या म आउने
नै थिइनँ।" आँसु झारेर रुन,कराउन थाली । म अवाक थिएँ ।के भनौं
कसरी सम्झाउँ केही बुझ्न सकिरहेको थिइनँ । मैले सम्झाउँदै भनें- "त्यो
को हो म चिन्दिन । उसले लिफ्ट मागी मैले दिएँ । यत्ति
हो ।" तर ऊ मान्न
तयार थिइन। यत्तिकैमा मलाई अघि घुरेर हेरेका सासू ससुरा मेरो घरमा आइपुगे । मैले तुरुन्तै नमस्कार गरिहालेँ। अघि नमस्कार
नगरेर गरेको गल्ती सच्चाएँ मैले।
उनीहरु बाँकी कुरा केही नगरी रिसाएझैँ गरेर एकै स्वरमा बोले- "छोरी
फिर्ता लिन आको हामी।" मलाई अच्चम लाग्दैथ्यो। ससुराले
भने "बिहान कल्लाई बाइकमा राखेर कम्प्युटर बनाइदिन जान लागेका थ्यौ ? अर्की
केटी राख्या छौ क्या हो ? यस्तासङ्ग हाम्री फूलजस्ती छोरीले
क्यारी दिन काट्ली ? त्यै भएर हामी त छोरी फिर्ता लिन आको।"
मेरी बुढिको रिसको सीमा झन् बढ्यो म
भने केही बुझ्न सकिरहेको थिइनँ। एकाएक पूलिस अफिसर मेरो घरमा आयो। ऊ बोल्यो- "बिहान
तेरो बाइक पछाडी बसेको चोर खोइ कहाँ छ ? तिमीहरुले
कहाँ लुकायौ त्यो चोरेको सून ?´
म झन
अच्चमित भएँ । यहाँ के भैरहेको थियो म केही बुझ्न
सकिरहेको थिइनँ । न त जवाफ फर्काउन सकिरहेको थिएँ । "मैले उसलाई चिन्दिनँ । ऊ लिफ्ट मागेर चढेको हो " भन्दा पुलिसको एक
कोर्रा भेटिसकेको थिएँ । प्रहरी फेरि बोल्यो `भन् अर” के के प्लान छ तिमीहरुको ? अब कहाँ
चोरी गर्दैछौ? भन् अस्ति तल्लो चोकको पसलबाट चोरेको
हिरा कहाँ लुकाएका छौ ?भन्छस् कि जेलको कोर्राको स्वाद
चाख्छ्स् ?´
म केही बोल्न सकिरहेको थिइनँ ।घाँटिमा
केही अड्केझैँ भैरहेको थियो। कसैले नबोल्न कर गरेर मेरो घाँटी थिचिरहेको भान
भैरहेको थियो ।
-`म पिसाब गर्न जान्छु´ म
बिस्तारै तर घाटिँमा एकदमै जोड दिएर बोलेँ ।
-`पिसाब गर्ने निहुँमा भाग्न त भाग्दैनस्
नि?´ प्रतिप्रश्नमा प्रहरीले मलाई उम्किने
काइदा पनि सित्तैमा सिकाइदियो।
-`नाइँ हजुर ! म किन भागौंला र ? विश्वास
छैन भने सङ्गै हिड्नुस् ।´प्रहरीलाई विश्वास दिलाउन म नम्र बनेर
जवाफ फर्काएँ ।
-`जा जा...´ मुन्टो र
हातले एकै तालमा इशारा गर्दै ऊ बोल्यो।
म ट्वाइलेटको सट्टा पूजा कोठातिर लागेँ।
मलाई अब पिसाब भन्दा पनि भाग्ने पिरलोले च्यापिरहेको थियो। पूजा कोठाबाट बाहिर निस्कने
एउटा सानो ढोका थियो ।ढोका भए पनि झट्ट हेर्दा झ्यालजस्तै लाग्थ्यो । मैले
बिस्तारै त्यो झ्याल खोलें। बाहिर निस्किएँ ।अफिसको ड्रेस सम्म फुकालेको थिइनँ
तिनै कपडासंग दौडिएँ म।
अलिक पर
पुगेर मैले थारू महिलाले लगाउने घाँघरा र चोली धोएर सुकाएको देखेँ । मैले आफ्नो
कपडासँग त्यो घाँघरा र चोली साटें । भनौँ मैले स्त्रीरूप धारण गरेँ । यसो गर्दा
प्रहरीले देखेपनि मलाई पकड्ने संभावना कम रहन्थ्यो।
म अघि बढिरहेँ.........
एउटा सुन्दर,मनमोहक,सांस्कृतिक
विविधताले भरिपूर्ण ठाउँमा पुगेँ म। जहाँ कसैको आगमनको अनुमान गर्न सकिदैन थ्यो । एकान्त
विलकुल एकान्त ।
मलाई सबै जीवनको आनन्द प्राप्त गरेझैँ
लाग्यो ।अब स्वर्ग देख्न मर्नु पर्ने रहेनछझैँ लाग्यो। सबै चाहानाहरू एकएक गरी पूरा
भएझैँ लाग्यो।
० ० ०
प्रहरीले मलाई खोजी गरिरहेकै छ रे ! मेरि
बुढी पनि माइतिमा गएकी छ रे । दिन दिनै
वकिलकहाँ सम्बन्ध विच्छेदको लागि भनेर जान्छे रे ..कुरा मेरो
हस्ताक्षरमा पुगेर अड्किएको रैछ । प्रहरीले मलाई अपराधी ठानेर, बुढीले
सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गराउन र उता हाकिमले नयाँ र पुराना काममा मलाई
लदाउनका निमित्त दिनरात नभनेर खोजी गर्दैछन रे !
०००
सांसारिक दुनियाँ त्यागेर मलाई भने औधी
आनन्द आइरहेछ । चाहाना र आकांक्षा अब हकिकतमा बदलिर्इ सकेका छ्न् ।
वश् ! अब
एउटै चाहाना बाँकी छ-
अख्तियारले भ्रष्टाचारी ,प्रहरी
प्रशासनले ठूला ठूला अपराधी, यो दुनियाँले भद्र,इमानदार र
सोझो मान्छे खोजे झैँ निरन्तर मलाई प्रहरीले खोजिरहोस् खोजिरहोस् तर अँह फेला
कहिल्यै नपारोस्।
नीरज दाहाल

1 Comments