आज कसैले तिम्रो खबर मलाई सुनाएर गयो
तत्क्षण आँखामा भयंकर सुनामी आएर गयो !
ए ! छोरा, तैंले अब यहाँ तरबार समात्नु पर्छ ,
मसी झ्यालखाना जाँदाजाँदै यत्ति सुनाएर गयो ।
कसैको पछि लाग्नु यति सम्म घातक हुन्छ
रावणको प्राण पनि सीतालाई पच्छ्याएर गयो ।
रसिलो फूलमा माहुरी घुम्छन्, छोड्यो मित्रले
बरु शत्रु आयो घाउमा मल्हम लगाएर गयो ।

0 Comments