मृत्यु


एउटा अद‍ृश्य शक्ति
र शास्वत सत्य
म अंगाल्न खोजिरहेछु!
अदम्य उत्साहले
अविरल चाहले
यो जिन्दगी,जिन्दगी बनाउँला भन्थेँ
तर
आज
म उपरती खोजिरहेछु!
चाहाना त त्यस बच्चाका पनि हुँदाहुन्
सँधै बच्चा रहिरहने !
तर अफसो‌‌‍‍स
आज त्यो बच्चाको जिन्दगीबाट
बच्चा मरेर युवक जन्मेको छ
म त्यस युवकमा त्यही बच्चा खोजिरहेछु !
मलाई मृत्यु संग डराउनेहरुलाई एउटा प्रश्न गर्न मन छ
-मृत्यु नभए सृष्टि कसरी चल्दो हो?
हिजो मर्नुपर्छ भन्ने नबुझेको बालकले
आज जिन्दगीले जिन्दगीलाइ सरापेर
दुवै हात जोडेर
`म चाँडै मरुँ´ भन्छ भने
म कसरी पत्याउँ कि जिन्दगी,मृत्युु भन्दा प्यारो छ?
आफ्नै मुटु झिकेर दिएका सन्तानभोकले ग्रस्त हुँदा
पुरै परिवारले आत्महत्या गर्छ भने
म कसरी पत्याउँ कि जिन्दगी,मृत्यु भन्दा सुखमय छ?
मान्छे मरेपछि कि स्वर्ग या नर्क जान्छ रे!
र भगवान सबै
कि स्वर्ग या नर्कमा छन् भने
म कसरी पत्याउँ कि जिन्दगी,मृत्युभन्दा सुन्दर छ?
एउटा हिमाली किरो
यार्सा गुम्बा,नमरेसम्म औषधि बन्दैन भने
अब म कसरी पत्याउँ कि जिन्दगी,मृत्यु भन्दा उपयोगी छ?
यदि
कक्षा एक देखी नै
मृत्यु अन्त्य होइन भनी पढाइन्थ्यो भने
मृत्यु रोज्ने मान्छेको लाइन
चाइनाको ग्रेटवाल भन्दा कति गुणा लामो हुँदो हो ?



तस्वीर : Google

0 Comments