देश निकाला

एउटा शिक्षित युवा
नेपालको संविधान बोकेर
मलेसिया
उड्न तम्तयार
जहाजको भर्याङ्मा
आफ्ना खुट्टा रोकेर
आँशु झार्दै
अनुहार रातो पार्दै
मलाई हेरिरहेथ्यो

पिंक कलरको
हाइलाइटरले 
हाइलाइट गरेको
संविधानको 
धारा ४५ मा
आफ्ना औंला राखेर
स्वर धोद्रो पारेर
आँखाका नानी
भिजाएर,
बोल्दैथियो
यो समय र 
जिन्दगानीले,
संविधानमा
मौलिक हक 
भनेर राखिएका
वाणी 
पनि 
नमान्दो रहेछ है!

1 Comments

Bhakta Khatri said…
दामी छ सर । आउदा दिनहरुमा नि येस्तै लेख रचना पढन पाईयोस ।