गजल

नाम अनौठो काम गरेपछी बन्छ
या त शिखरमा बसाइँ सरेपछी बन्छ।

कुनै कुरा यस्ता हुन्छन् ,बन्दैनन् जिन्दगीभर
जस्तो कि कवि महान मरेपछि बन्छ।

गिर्नुस बरु ,भलाई त्यसमै छ यदि भने ,
नदि पनि त पहाडबाट झरेपछी बन्छ।

सुरुवात र अन्त्य उस्तै हुँदैन सबैथोकको ,
पुतली पनि ,झुसिलकिरो मरेपछी बन्छ।

0 Comments