एउटै मन्त्र जपी राख्नुस् भाग्छ क्लेश- करोड, करोड नभका तारा, बगरका ढुंगा, शीरका केश करोड करोड !
पानी, वायु, जङ्गल, जमिन भो ! छोडौं यस्ता कुरा
आउनुस् बसौं, मिलौं र बेचौं देश करोड-करोड !
विकास ? ए विकास ! हो त विकास, खै त विकास ?
यता बस्नुस्, पानी प्यूनुस्, भुल्नुस् आवेश करोड- करोड
हाकिम सा'ब यत्ति गर्नुस्; पक्का हो ? पक्का ठान्नुस्
सही पछि के बँदेल के राजधनेश? करोड- करोड ।
1 Comments