खहरेका संवेगहरू




खहरे बग्दै गर्दा के के लाई लैजान्छ होला आफूसितै ? वा के के लाई लैजान खोज्दा खोज्दै पनि छोड्नुपर्छ होला उसले ? खहरेले आफ्ना संवेगहरु वल्लो किनारको छेउमा पोख्दो हो कि पल्लो किनारको ?

 हावा चल्दै गर्दा कतिवटा मान्छेहरूलाई स्पर्श गर्दो होला ? धुलोका कणहरू कति जनाका कोमल‑मुलायम अनुहारहरूमा टाँसिन पाउँछन् होला ? बग्दै गर्दा नदिले कतिवटा ढुङ्गाहरू सँग प्रिती गाँस्छ होला ?  उडिरहने भँवराले कतिवटा फूललाई चुम्बन गर्छ होला ? प्रेम भन्नु त जुनकुनै पनि बेला, जोसँग पनि र जसरी पनि भइदिन सक्ने एक अनुभुति न रहेछ । मैले तिमीलाई हेर्नु ‑ प्रेम । तिमीले मलाई नहेर्नु ‑ प्रेम । फूलले भँवरालाई आकर्षित गर्नु प्रेम । भँवराले फूललाई चुम्नू प्रेम । हातले लज्जावतीलाई छुनु प्रेम ।  लज्जावतीले आफ्नो शिर लुकाउनु प्रेम । बत्तीले पुतलीलाई मन्त्रमुग्ध पार्नु‑ प्रेम । पुतलीले बत्तीमै टाँसिएर आफ्नै बलिदान दिनु प्रेम । हुनु प्रेम । नहुनु प्रेम । बन्नु प्रेम । बिग्रनु प्रेम । उभिनु प्रेम । भत्किनु प्रेम । संसार प्रेम । लोक प्रेम । परलोक प्रेम ।

प्रेम त यत्रतत्र रहेछ । जहिँतहिँ रहेछ । सर्वत्र रहेछ ।

यो सारा ब्रह्माण्ड प्रेम । सूर्य प्रेम । आकाश प्रेम । वर्षा प्रेम । जे जति जे जे छन् ती  सबै प्रेम ।

 

यति पढ्दै गर्दा तपाईंको मनमा लाग्दै होला‑ " के नौलो कुरा लेख्यो र यसले ?" हो, मैले केही पनि नौलो कुरा लेखिनँ । लेख्न म जान्दिनँ । मेरो काम होइन पनि । नलेख्न पनि सक्थेँ । तर, कहिलेकाहिँ मन भरिएर आइदिन्छ आँखासम्म ‑ च्छोरोल्पा जसरी । अनि लाग्न थाल्छ आफैंलाई‑ फुटेर हिमताल कतै बगाउने त होइन मेरो हृदयको बस्ती ? अनि फेरि मनको हिमताललाई न त च्छोरोल्पा हिमतालको मुन्तिर स‑साना ड्याम बनाएर निकाले जस्तो थोरै थोरै मात्रामा निसृत गर्न सकिने रहेछ । न त आज थोरै रुन्छु ,भोलि अलिकति रुनुपर्ला; पर्सि आधा रोऊँला अनि त्यसको भोलिपल्ट बाँकी आधा रोऊँला भनेर यो शहरको खानेपानी कार्यालयलेझैँ समय मिलाएर आँखाको पानीलाई बगाउन मिल्ने रहेछ । बरु आँसु त वर्षा जस्तो रहेछ । पीडाका बादल ठोक्किएर संघर्षका पहाडमा अनवरत झर्ने वर्षा जस्तो । न चाहेर थामिने, न चाहेको बेलामा झर्ने… !

मैले यो पनि त कुनै नौलो कुरा लेखिनँ होला । यही कुरा लाखौँ वर्ष अघि कसैले भनेको हुँदो हो । हज्जारौँ वर्ष पहिले कसैले लेखेको हुँदो हो । सय्यौँ वर्ष पहिले कसैले पढेको पनि हुँदो हो  वा हिजो‑ अस्ति मात्रै भएका हुनन् यी सब कार्य वा घटना वा परिघटना । नौलो लेख्नु नयाँ बन्नु हो । शब्दको कुमारित्व भंग गर्नु हो । सुरुवात गर्नु हो । नेतृत्व लिनु हो । म त पानी जस्तो मान्छे, ‍ओरालो भएतिर कुद्ने । म त गाडीको पछिल्लतिरको टायर जस्तो मान्छे‑ अगाडिको टायरले जता लैजान्छ उतै गुड्ने । म त कुनै घरपालुवा जनावर जस्तो मान्छे‑ मालिकले जे इशारा गर्छ त्यही मात्रै गर्ने । म जान्दिनँ सुरुवात के हो । मलाई थाहा छैन उचाइ के हो । बरु म त कुनै लाइनको अन्तिममा उभिएको मान्छे जस्तो । म सँग छन् सुरुवातका आफ्नै परिभाषा । कुनै विन्दुबाट त देखिन्छु होला म पनि‑ सुरुवातकर्ता । म सँग त केवल अन्त्यहीन अन्त्यहरू छन् । म सँगै छन् उभिएका सिंढीका सबैभन्दा तल्लो तहका अन्तिम पाइताहरू । मेरै साथमा छन् समुन्द्र भित्रका गल्छिहरू ।

 र, तपाईं यतिबेला पढ्दै हुनुहुन्छ यो गद्यको अन्त्य‑ सुरुबाट । मैले अघि नै लेखिसकेँ कि मलाई सुरुवात गर्न आउँदैन तर नजिक छु म ‑ अन्त्यसित ।

र, तपाईं यतिबेला पढ्दै हुनुहुन्छ यो गद्यको अन्त्य‑ सुरुबाट । धन्यवाद !

 

××××

मान्छे सधैं यो भ्रममा किन उभिएको हुन्छ ?

ठान्छ त्यो नै सत्य हो जे जे देखिएको हुन्छ ।

 

हवाइजहाज चढेपछि त यी अग्ला थुम्काहरू पनि ससाना देखिने रहेछन् । मान्छेहरू झन त फिटिक्कै नदेखिने रहेछन्-झ्यालबाट हेर्दा । घरहरू बगरका ससाना ढुङ्गा जस्ताशहर वालुवाका थुप्रा जस्तानदि पहाडको गर्भमा रहेको खनिजलाई चोर्न थालेको कुनै दलाल रङ्गेहात फेला पर्दा उसको निधारबाट निस्केका चिट-चिट पसिना जस्ता । हिउँ- उचाइको दौडमा पहाड र तराईलाई उछिनेर प्रथम भएको हिमालले प्राप्त गरेको पुरस्कार जस्तो । विजयी खुशीको आयुहिउँको आयुविर्यको आयु केवल स्खलित हुनुसम्म न हो ।

 

हवाइजहाज बाट त नदेखिने रहेछ- बाढी बगेको पनि बरु देखिने रहेछ हिमालले मिलेर पहाडसँगथापेर वर्षा बडो मिहिनेतले बनाएको चकलेट पठाइरहेको- तराईतिर...!

हवाइजहाज बाट त नदेखिने रहेछ 'पहाडले रुखसँगै झरेर पुरेको घरलाई', नदेखिने रहेछ 'नदिले बगाएको बस्ती', नदेखिने रहेछ 'असिनाले चुटेको धानबाली

बरु देखिने रहेछ- अग्लो पहाडले आफ्नै पगरी समान रुख हस्तान्तरण गरिदिएको- होंचो घरलाई । देखिने रहेछ- बगरका ढुङ्गा जस्ता घरहरूलाई नदिले छोएर वर्षौं देखिको प्यासी उसर जस्तो बगरका ओंठ भिजाइदिएको  । देखिने रहेछ- खेतका गह्राहरूमा कसैले आएर चाँदी रोपिदिएको …!

 

मैले पहिलोपल्ट हवाइजहाज चढ्दा थाहा पाएको हूँ कि मान्छे उचाइमा पुग्नका लागिमाथिल्लो पदमा आसिन हुनका लागिआफ्नो शिरलाई अग्लो पार्नका लागि,किन यति धेरै लालायित हुँदो रहेछ भनेर । दृश्य बदलिने रहेछ । पात्र बदलिने रहेछन् । अनि पो त....

 

यो पनि थाहा पाएको हूँ कि यो देशमा केही मान्छेहरू छन् जो वर्षौंदेखि हुल बाँधेर बसेकाछन् एउटा स्थिर हवाइजहाज भित्रलगाएका छन् 'पावरवाला चश्माभिरेका छन् शरीरमा 'भोटबाट किनेर ल्याइएको टल्किने कोटराखेका छन् काँध काँधमा जनावाज दबाउन सक्ने क्षमताहीन- प्रबुद्ध र बौद्धिक  'बाज'हरू । झट्ट हेर्दा हूलको प्रत्येक मान्छे कुनै पुरानो युगको बादशाह जस्तो लाग्छ । राजा जस्तो लाग्छ । कुटिल नृप झैँ लाग्छ । जो लेखी पठाउँछ परेवा जस्ता देखिने 'बाजहरूसित जासुसीको खबर । जो पढेर बस्छ अर्को भूगोलको सैन्य क्षमता । जो बुनेर बस्छ देश खाने माकुराको जालो ।

 

संसार आफैंमा भ्रम हो । माकुराको जालो हो । भ्रमको जालो हो । भ्रम भित्रको पनि भ्रम हो ।  

 

आँखा भएपनि सबै सत्य कुराहरू त  नदेखिने रहेछ

उचाई  सियो रहेछबाटो हिंडिने रहेछ- मेटिने रहेछ ।

 

××××

 

सगरमाथा चढ्नु भनेको जमिन छोड्नु हो । समुन्द्रबाट नाप्दा अझ गहिराईमा जानु हो । आकाशबाट नाप लिँदा गहिरोबाट अग्लो तिर लम्कनु हो । धरतीबाट नाप्दा क्षितिज भेटाउनु हो । दृष्टिकोणले पनि क्रियाकलापको वर्णन गरिदिने रहेछन् - आआफ्नै तरिकाले । हेर्ने नजरले पनि बदलिदिने रहेछन - वास्तविक अवास्तविकता - अवास्तविक वास्तविकता  । नियमितता । क्रमभंगता । आकस्मिकता । नियमित आकस्मिकता । 

धरतीमा हज्जारौं कुरा दुर्बोध्य छन् । नबुझिने छन् । अस्पष्ट छन् । जस्तो कि मान्छेले जस्तै अरू जनावरहरूलाई बोल्न सक्ने किन बनाएन प्रकृतिले वा ईश्वरले वा अल्लाहले वा जिससले वा अन्य कुनै भगवानले ?  बोल्न सक्ने भए सुनाउँदो हो मेरो घरको बिरालोले कुनै मीठो गीत गाएर । कुकुरले बोल्ने पहिलो शब्द के हुँदो हो गाईले वा गोरुले आफूलाई बाँधेर राखिएकोमा के भन्दा हुन् कस्तो आवाज निकाल्दा हुन् उठाउँदा हुन् कि दमन विरुद्धको आवाज कि वा चुपचाप बस्दा हुन् सहेरै- नबोली नबोली कतै बोल्ने अभ्यास नगरेरै गुमाएका त होइनन् जनावरहरूले बोल्न सक्ने क्षमता ?

 

बोल्न सक्ने भए घरपालुवा जनावर र जंगली जनावर एकापसमा भेटिँदा के भन्दा हुन् नमस्कार फेरि मान्छेले जस्तरी हात त कसरी जोड्दा हुन् कि अर्को कुनै आफ्नै भाषाको अभिवादनको नौलो शब्द बनाउँदा हुन् जंगली जनावर र घरपालुवा जनावर बीचमा भेदभाव र छुवाछुतको बारेमा कस्तो बहस हुँदो हो वाक युद्ध चल्दो हो वा केही जनावरले चुनावमा भाग लिएर मीठो बोलीले मत तान्दै गर्दाहुन् - मान्छे माथि शासन कि वा उचाल्दा हुन्- आ आफ्ना समूहका जनावरहरूलाई निकाल्थे होलान् कि निकाल्दैनथे होला - छुट्टाछुट्टै देशको विषय कि बस्दा हुन् चुपचाप - शासित भएर - अहिलेका मान्छे जस्तै केही !

 

धरतीमा नबुझिएका कुराहरू त अझ धेरै पनि छन् । जस्तो कि अघिल्लो पुस्ता भन्दा पछिल्लो पुस्ता गर्भबाटै बाठो भएर कसरी जन्मिन्छ क्रमविकास । उसो भए मान्छे मर्दैन वा केही कुराको अन्त्य हुँदैन बरु पुनरुत्पादन हुन्छ भन्ने कुराको प्रमाण नहोला त यो नत्र कसरी सिक्छ वा कसले सिकाउँछ कि गुलाबलाई - त्यसरी नै फुल्नुपर्छ जसरी उसका अघिल्लो वंशका गुलाबहरू फुलेका थिए- भनेर कसरी सिक्छ वा कसले सिकायो कि मान्छेको बच्चालाई रुनुपर्छ…बोल्न प्रयास गर्नुपर्छ भनेर....

यो पुस्ता हस्तान्तरण सङ्गै ज्ञान पनि हस्तान्तरण भएको होइन त कुनै बच्चाको बाबु भन्दा उसैको छोरो बाठो कसरी भैरहेछ- जन्मदेखि नै भलै त्यस बालकको पिता नहओस् धरतीमा । धरतीमा भए सिकायो भन्न सकिएला । नभएकाले के अन्त्य हुनु भनेको सुरुवात होइन त सुरु भनेको अन्त्य रहेनछ त 

 

होलायो कुरा अरू कसैलाई पनि लागेको होला । अरू कसैको मनमा पनि आएको होला । तपाईंको मनमा आएको होला । कसैको पनि मनमा नआएको होला । कसैलाई सत्य लागेको होला । कसैलाई पनि सत्य नलागेको होला । सबैलाई असत्य लागेको होला । मलाई सत्य लागेको होला । मलाई मात्रै सत्य लागेको होला । मैले बुझेको होऊँला । कसैले बुझेको होला । सबैले बुझेका होलान् । कसैले नबुझेको होला । कसैले पनि नबुझेको होला । मैले मात्रै बुझेको होऊँला । तिमीले नबुझेकी होऊली । तिमीले मात्रै नबुझेकी होऊली । हाम्रो प्रेम जस्तै.........!

 

कुनै सम्बन्धहरू तल्लो तहको सरकारी जागिर जस्ता हुँदा रहेछन् । छोडौं- पेटमा भोकको साम्राज्य खडा भइदिने डरगरिराखौँ- पाइला पाइलामा काँडा बिझ्ने डर ! त्यसो त पाइलाहरूमा पैताला खोप्ने काँडा छेक्ने जुत्ता पाइन्छन् तर भोक नलाग्ने औषधि नपाइने रहेछ । पेटकै लागि त रहेछ खुट्टाहरू चलाइराख्नु पर्ने । हिंड्नुपर्ने । हिंडिरहनु पर्ने । 

तिमीलाई छोडूँ- मेरा आँखाले तिम्रो शिरमा अर्कैको नाम देख्न नसक्लान्तिमीलाई अंगालूँ- मेरा पैतालामा बिझ्ने गरेका काँडा तिम्रा कोमल पैतालामा पनि बिझिदेलान् भन्ने पीर ! 

ओखरमा काँडा बिझ्नु र सुन्तलामा काँडा बिझ्नु फरक कुरा हो । मेरा आफ्ना पैतालाको त काँडासितको बहुत पुरानो सम्बन्ध हो । मेरो पैतालामा काँडा ठोकिँदै गर्दा मलाई भन्दा बढी काँडालाई पीडा हुँदो हो । तरतिमी त जुत्ता बाहिर खुट्टा पनि ननिकालेकी मान्छे.....! कुनै समुन्द्रको माछा जस्तै तिमी । म कुनै कुवाको भ्यागुतो । न जमिनसित मात्रै मिलिराख्न सक्छु न  त पानीसित मात्रै ....! 

तर पनि

 

 

पाए 

बन्न पाए 

एक बन्न पाए 

म एक बन्न पाए 

र म एक बन्न पाए 

तिमी र म एक बन्न पाए 

 

लगाएर प्रेमका जुत्ता हिंड्थ्यौँ होला बरु काँडैमा टेकेर - मेरा पैताला माथि तिम्रा पैताला राखेर । फुलाउँदा हौँ जिन्दगीका हाँगा-हाँगाहरूमा - गुलाब । तिमी आफ्नै समुन्द्रमा उमार्दी हौ- कमलम बस्दो हूँ त्यसैको पातमा । टिपेर त्यही कमलको फूल लगाइदिन्थेँ होला तिम्रै शिरमा । सुरुवात हुन्थ्यो होला नयाँ जिन्दगीको - समुन्द्रको पिंधतिरबाट । अन्त्यतिरबाट । जसरी भइरहेछ यस गद्यको सुरुवात- अन्तिमबाट ! 

श्री गणेशाय नम: 

................

.............

.........

.......

....

.. !



यो सामग्रि http://sampurnakura.com/2020/07/4308/ मा प्रकाशित छ ।

2 Comments

Anonymous said…
Free Baccarat & Casino Game | Wagering 101 - Wirione
Free online baccarat & casino game. Free to play 인카지노 Baccarat, Blackjack, Craps and a range of other casino games. Sign up to join 바카라 today and 온카지노 receive your
Anonymous said…
Caesars Palace Casino reopens its doors Thursday | DRMCD
The Caesars Palace, which opened 영주 출장안마 in the casino on 오산 출장안마 the Vegas Strip 양주 출장마사지 in September 2001, is 순천 출장안마 open 24 hours a day, seven 여주 출장안마 days a week.